नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५० रहेको छ ।
(२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषा – विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरुमा,–(क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ ।
(ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल वन सेवा सम्झनु पर्छ ।
(घ) “समूह” भन्नाले नियम ४ को उपनियम (१) बमोजिमको समूह सम्झनु पर्छ ।
(ङ) “कर्मचारी” भन्नाले नेपाल वन सेवाका निजामती कर्मचारी सम्झनु पर्छ ।
३. सेवाको गठन – ऐनको दफा ३ बमोजिम नेपाल वन सेवा गठन गरिएको छ ।